स्ट्याण्डर्ड चार्टर्डले फ्युचरमेकर्सका लागि गर्यो ‘पुँजी संकलन’ कार्यक्रम

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको पहलमा सञ्चाल भइरहेको ‘फ्युचर मेकर्स’ कार्यक्रमका लागि बैंकले ‘होम रन-२०२३’ नामक पुँजीसंकलन अर्थात् फन्डरेजिङ कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको उक्त कार्यक्रममा बैंकका २०० बढी कर्मचारीहरुले सहभागिता जनाएका थिए । बैंकको नयाँ बानेश्वर रहेको शाखा देखि न्युरोड र नक्साल सम्मको ११ किलोमिटर दूरीमा बैंकले पदयात्रा, दौड तथा साइकलयात्रा लगायतका विभिन्न कार्यक्रम गरी होम रन-२०२३ कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रमबाट संकलन भएको रकम बैंकले सञ्चालन गरिरहेको ‘फ्युचर मेकर्स बाइ स्ट्याण्डर्ड चार्टर्ड’ कार्यक्रममा प्रयोग गरिने छ । ‘फ्युचरमेकर्स’ कार्यक्रमस्ट्याण्डर्ड चार्टर्ड बैंकको केन्द्रीय कार्यालयबाट विभिन्न देशहरुमा सञ्चालन भइरहेको एक कार्यक्रम हो ।

विश्वव्यापी रुपमा ब्यापत आर्थिक असमानता न्युनिकरण र युवाहरुको आर्थिक विकासमा समावेशीता मूलक सहभागिता बढाउनका लागि बैंकले यो कार्यक्रम अघि सारेको छ । नेपालमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमका रुपमा सञ्चालन गर्दै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निवान घोष दास्तीदरले कार्यक्रमको उद्घाटन गर्दै कर्मचारीहरुको उत्साहजनक सहभागिताले नयाँ पुस्तालाई सिक्न, कमाउन र आर्थिक वृद्धिमा अग्रसर हुन प्रेरणा दिने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।