वित्तीय संस्था र भूक्तानी संस्थाका सञ्चालक मनिचेञ्जर तथा विप्रेषण कम्पनीमा रहन नसक्ने

0
Shares

बैंक तथा वित्तीय संस्था र भूक्तानी सम्बन्धी काम गर्ने संस्थाका सञ्चालक/पदाधिकारी मनिचेञ्जर तथा विप्रेषण कम्पनीमा एकै पटक सोही जिम्मेबारीमा बस्न नपाउने भएका छन ।

केन्द्रीय बैंकले बैंक, वित्तीय संस्था भूक्तानी सम्बन्धी काम गर्ने संस्था, रेमिट्यान्स कम्पनी र मनिचेञ्जरमा एकै समयमा दोहोरो भुमिका निर्वाह गर्न रोक लगाएको हो।

केन्द्रीय बैंकले एकिकृत निर्देशन जारी गर्दै एकै समयमा दोहोरो जिम्मेबारीमा रहन नसक्ने व्यवस्था गरेको छ । साथै हाल दोहोरो भुमिकामा रहेका व्यक्तिलाई २०८० असोज मसान्तसम्म एक जिम्मेबारीमा मात्र सिमित हुनु पर्नेछ ।

राष्ट्र बैंकको निर्देशन अुनसार बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक मनिचेञ्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।

साथै, मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन । तर, नेपाल सरकार वा केन्द्रीय बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा पु¥याएको राष्ट्र बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।