कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

0
Shares

कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय बागमतीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कृषि विकास बैंक सरस्वती सामुदायिक विद्यालय जिरी दोलखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

कृषि विकास बैंक लिमिटेडका उप-महाप्रबन्धक दीर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतीका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमुख सुदिप भक्त आचार्य समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषि विकास बैकले सञ्चालन गरेको यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरू, अन्य सम्पूर्ण सहभागीहरूमा वित्तीय ज्ञान प्राप्त भएको जनाइएको छ।

साथै बैंकिङ्ग कारोबारका सम्बन्धमा बैंकका उप-महाप्रबन्धक तथा बागमती प्रदेशका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्यायले प्रकाश पारेका थिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।