बैंक वित्तीय संस्थामा कार्यरत ४६% कर्मचारी बाग्मती प्रदेशमा, कर्णालीमा ४२ सय मात्रै

0
Shares

बैंक तथा वित्तीय संस्थामा रोजगार गर्नेको संख्या सबैभन्दा धेरै बाग्मती प्रदेशमा रहेको छ । यस प्रदेशमा आर्थिक गतिविधि पनि अन्यको तुलनामा उच्च हुने भएपछि सोही अनुसार बैंक वित्तीय संस्थाको उपस्थिती हुँदा कमर्चरीको संख्या समेत उच्च रहेको हो ।

केन्द्रीय तथ्याङक कार्यालयका अनुसार बैंक तथा वित्तीय संस्थाले कुल एक लाख ६३ हजार ९ सय ४६ जनालाई रोजगार दिएका छन् । सो मध्ये ७६ हजार ३ सय ८३ जना बाग्मती प्रदेशका बैंक वित्तीय संस्थामा कार्यरत रहेका छन । यो संख्या बैंक वित्तीय संस्थाका कुल कर्मचारीको ४६.५९ प्रतिशत हो ।

केन्द्रीय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५२ अर्ब पुग्ने अनुमान गरेको छ । कार्यालयको प्रारम्भिक तथ्याङ्कका आधारमा आर्थिक वर्ष २०७८/७९ को मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.९ प्रतिशत रहेको छ । कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.१ प्रतिशत रहेको छ ।

अनुसार अर्थोपार्जन गर्ने जनसंख्या एक करोड ४९ लाख ८३ हजार रहेकोभ छ । त्यसमा पनि बैंक वित्तीय संस्थामा आवद्ध भएका व्यक्तिको संख्या १.१ प्रतिशत अर्थात एक लाख ३९ हजार रहेको छ । रोजगार सृजना गर्ने क्षेत्रमा बैंकिङ क्षेत्र चौथो रहेको छ भने तेस्रोमा सरकार रहेको छ । रोजगार सृजना गर्नेमा पहिलो घरायसी क्षेत्र (६१.८ प्रतिशत) र दोस्रोमा गैर वित्तीय संस्था (३२.७ प्रतिशत) रहेका छन ।

कार्यालयका अनुसार कोशी प्रदेशका बैंक वित्तीय संस्थामा २४ हजार ७ सय १८ जनाले रोजगार पाएका छन् भने लुम्बिनी क्षेत्र १९ हजार ३ सय १७ जना व्यक्तिले बैक तथा वित्तीय संस्थामा रोजगार गर्छन । त्यसैगरी गण्डकी प्रदेशका बैंक वित्तीय संस्थाले १५ हजार ८ सय २९ जनालाई रोजगार दिएका छन भने मधेश प्रदेशमा रहेको बैंक तथा वित्तीय संस्थाले १५ हजार ५ सय ३८ जनालाई रोजगार दिएका छन ।

साथै सुदुरपश्चिम प्रदेशका बैंक वित्तीय संस्थामा ७ हजार ८ सय ८४ जना आवद्ध रहेको कार्यालयले जनाएको छ । त्यसैगरी कर्णाली प्रदेशमा रहेका बैंक वित्तीय संस्थामा भने सबैभन्दा थोरै ४ हजार २ सय ७७ जनाले मात्र रोजगार पाएका छन ।

नेपाल राष्ट बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२० रहेको छ । यसमध्ये २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५ सय २८ रहेकोमा २०७९ माघ मसान्तमा ११ हजार ६ सय ११ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार माघ महिनासम्ममा मधेश प्रदेश (वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी तथा लघुवित्त) बैंक वित्तीय संस्थाका एक हजार सात सय ७१ शाखा रहेका छन । त्यसैगरी बाग्मतीमा ३ हजार २९, गण्डकीमा इक हजार ४ सय २०, लुम्बिनीमा २ हजार २ सय २१, कर्णालीमा ४ सय ५९, सुदुरपश्चिममा ८ सय ४३ र कोशी प्रदेशमा एक हजार ८ सय ६८ शाखा रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।