महालक्ष्मी विकास बैंकले पायो ऋणपत्र बिक्री अनुमति

0
Shares

महालक्ष्मी विकास बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ ।

बैंकले प्रतिसेयर एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ता ऋणपत्र जारीका लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट सोमबार स्वीकृति पाएको हो ।

महालक्ष्मी विकास बैंकले स्वीकृति पाएको १ अर्बको १० लाखमध्ये ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधरणलाई र बाँकी रहेको ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ । सर्वसाधारणले ऋणपत्र न्यूनतम २५ कित्ता खरीद गर्नु पर्ने हुन्छ ।

बैंकले कर्जा लगानीका लागि दीर्घकालीन लगानीका लागि स्रोत संकलनका लागि दश वर्ष अवधिको ऋणपत्रको बिक्रीको बाटो रोजेको हो । बैंकले जारी गर्ने ऋणपत्र परिपक्व नभएसम्म पाकेको व्याज अर्धवार्षिक (६–६ महिनामा) रुपमा लगानीकर्तालाई बिक्री गर्ने छ । ऋणपत्रमा बैंकले वार्षिक ११ प्रतिशत व्याजदर दिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।