सानिमा बैंकद्वारा देशैभर वित्तीय साक्षरता कार्यक्रम

0
Shares

सानिमा बैंकले यही चैत ६ देखि १२ गतेसम्म ग्लोबल मनी विक अभियानअन्तर्गत देशैभरिका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो। उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपादेयता र उद्देश्यबारे जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरताअन्तर्गत देशभरिका शाखाहरुमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिएको हो।

साथै, ग्लोबल मनी विक २०२३ को ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई बैंकद्वारा युवा वर्गहरुमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ एटीएम सञ्जालहरु सञ्चालनमा छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।