नागरिक लगानी कोष र आईएमई लाईफबीच सेयर प्रत्याभूति सम्झौता

0
Shares

नागरिक लगानी कोषले आईएमई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ ।

प्रत्याभूतिकर्ता नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन् ।

उक्त इन्सोरेन्सले १ सय रुपैयाँ अंकित मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरमा निष्कासन गर्नेे १ करोड २० लाख कित्ताको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको सेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

कम्पनीले १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । मंगलबार नै कम्पनीले बोर्डले माग गरेका थप कागजात पनि बोर्डलाई बुझाएको छ ।

कम्पनीको सेयर निष्काशनको काम सिभिल क्यापिटलले गर्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।