नेपाल क्लियरिङ्ग हाउसमा दुइ संचालक नियुक्त

0
Shares

नेपाल क्लियरिङ्ग हाउसको संचलाक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई संचालक पदमा नियुक्त भएका छन ।

साथै स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई पनि नियुक्त गरिएको छ । चैत्र १४ गते बसेको एनसीएचएलको २०६ औं संचलाक समितिको बैंठकबाट उक्त निर्णय गरिएको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएकोछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।