बिराटनगरको मुख्य शहरमा गरिएको पार्किङ निषेधले व्यवसाय धरापमा


कोशी प्रदेशको राजधानी एवं मोरङको सदरमुकाम बिराटनगरका मुख्य क्षेत्रमा सवारी साधन पार्किङ गर्न निषेध गरे पछि त्यस क्षेत्रमा व्यवसायिक कृयाकलापमा कर्मी आएको छ ।

महानगरले बिराटनगरको तीनपैनीदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा सवारी साधन पार्किङ गर्न निषेध गरेको थियो । योसँगै सो क्षेत्रका व्यवसायीहरुले पार्किङ निषेध नगर्न महानगरपालिकालाई आग्रह गरेका छन् । यद्यपी महानगरले भने आफुले गरेको निर्णयबाट पछि नहट्ने संकेत गरेको व्यवसायीहरुले बताए छन् ।

“त्यसै पनि सुस्ताएको व्यापार महानगरपालिकाको निर्णयले झनै थला पर्ने अवस्थामा पुगेको छ,” नोटबजारसँग मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले भने । उनका अनुसार मंगलबार उद्योगी व्यवसायीको प्रतिनिधिमण्डलले महानगरपालिकाका मेयर नागेश कोइरालासँग भेट गरेको थियो ।

“विराटनगर बजार क्षेत्रको ट्राफिक र पार्किङ व्यवस्थापन विषयमा मोरंग व्यापार संघमा स्थानीय व्यवसायीहरुसँगको छलफल पपछि महानगरपालिकाका नगर प्रमुखलाई भेटेर पार्किङ व्यवस्थापनका सम्बन्धमा सुझाव दिएका छौं,” मुन्दडाले भने ।

वरिष्ठ उपाध्यक्ष अनुपम राठी सहित संघका पदाधिकारीहरु, कार्यसमितिहरु र स्थानीय व्यवसायीहरुको टोलीले मेयर कोइरालालाई सुझावपत्र बुझाएको थियो ।

बिराटनगरका भित्री क्षेत्रमा एक पछि अर्को गर्दै पार्किङ गर्न प्रतिबन्ध लगाइन थालेको अर्का एक व्यवसायीले बताए । “मुख्य शहरको केन्द्रमा रहेको सडकसँग जोडिएका शाखा सडकमा समेत पार्किङ गर्न प्रतिबन्ध लगाए पछि व्यवसायीहरुले सटर बन्द गर्न थालेका छन्, भाडा मात्र तिर्नका लागि किन व्यवसाय खोल्नु ?” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।