महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यावसायिक कर्जा योजना, ब्याजदर १२.९९ प्रतिशत

0
Shares

महालक्ष्मी विकास बैंकले नयाँ बर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकलाई लक्षित गरी व्यवसायिक कर्जा अन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि १२.९९% को आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै नयाँ बर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्नेछ। महिला सशक्तीकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५% छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको जनाएको छ।

आवास कर्जा योजनाअन्तर्गत ऋणिका लागि निर्माण लागतको सतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुटजस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

व्यावसायिक कर्जा योजनाअन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुटजस्ता सुविधाहरु बैंकले प्रदान गर्नेछ।

हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरका बीच पनि बैंकले सुलभ ब्याजदरमा सरलीकृत तवरले कर्जा प्रवाह गरिरहेको छ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन्।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब ७ लाख रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।