सेयर बजारलाई पुँजी संकलन र परिचालनको थप भरपर्दो माध्यमका रुपमा स्थापित गराउन उम्मेदवारी: भरत रानाभाट

0
Shares

पुँजी बजार धितोपत्रको कारोबार गर्ने स्थल मात्र नभई उद्योगी ब्यवसायीहरुको उद्यमशिलता प्रबद्धन गर्न आवश्यक पुँजीको जोहो गर्ने थलो पनि हो । लागानीको उचित मुल्यांकन गराउने तथा लगानीलाईं तरलता उपलब्ध गराउने भरपर्दो प्रणाली हो पुँजी बजार ।

उद्योगी ब्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध अधिकांश उद्योगी ब्यवसायीहरु पुँजीबजार संग जोडिएको यथार्थ लुकाएर लुक्ने विषय होइन । हामी मध्येका कैयाैंले प्राथमिक निष्कासन माफर्त छरिएको पुँजीलाई एकिकृत गर्दै सर्वसाधारणलाई लगानीको अवसर उपलब्ध गराएका छौं । त्यतिमात्र नभई लगानीको मूल्याकंन गराउँदै लगानीलाई तरल अवस्थामा समेत राखेका छौं ।

पुँजी बजारको उचित विकास, विस्तार गर्दै यसलाई पूँजी संकलन र परिचालनको थप भरपर्दो माध्यम बनाउनुपर्ने आजको तट्कारो आवश्यकता छ । यो बजारलाई कानूनी, प्रविधि र संस्थागत रुपमा बलियो र परिपक्व बनाउदै पुँजी बजारलाई समुन्नत अर्थतन्त्र विकासको माध्यम बनाई लगानीकर्ता आकर्षित गर्न तथा स्वतः स्फुर्त रुपमा राम्रा कम्पनीलाई आकर्षित हुने वातावरण बनाउन पहल गर्न मैले उद्योग वाणिज्य महासंघको निर्वाचनमा उम्मेद्वारी दिएको हुँ ।

उद्योग वाणिज्य महासंघले यस अघि नै पुँजी बजार हेर्नका लागि छुट्टै समिति खडा गरेका कारण पुँजीबजारलाई महत्व दिएको स्पष्ट छ । यसलाई अझै शसक्त बनाई प्रभावकारी रुपमा थप कार्यहरु गर्नुपर्ने आवश्यकता छ । बजारमा लगानीकर्ताको संलग्नता हेर्ने हो भने बजार ठूलो बन्दै गएको छ । समय सापेक्ष बजारको विकासका लागि नियमनकारी निकायसंग मिलेर निजी क्षेत्रलाई सँगै लिएर जान सकेको खण्डमा मात्र बजारको दिगो विकास सम्भव हुने भएकाले व्यवसायी र नियमनकारी निकाय बीच पुलको काम गर्ने भएकाले पनि सम्पुर्ण उद्योगी व्यवसायीहरुको साथ, सहयोग र समर्थ पाएको छु ।

संसारभर छरिएर रहेका नेपालीहरु पुँजीबजार संग जोडिएका छन । तर, एनआरएनको कुरा उठाएको धेरै भयो । नीतिगत ब्यवस्थाको अभावका कारणले उनिहरm अहिले सम्म बजारमा आउन सकेका छैनन । एनआरएन हुन वा विदेशीलगानीकर्ता सबै भन्दा पहिला यहाँका ठूला तथा घरानीया ब्यापारीसंग ठोकिन्छ । उनिहरुको माध्यमबाट जाँदा सरकारले पनि छिटो सुन्ने तथा विदेशी लगानीकर्ताले पनि विश्वास गर्ने भएकाले पनि पुँजी बजारलाइ व्यवस्थीत गराउन नीजि क्षेत्र र नियमाकारी निकायविचको सहकार्य आवश्यक छ । यसलाइ केन्द्रमा राखेका उनीहरुलाई पुँजी बजारमा भित्र्याउनका लागि नीतिगत सहजीकरण गर्न पनि सहज हुने भएका कारण महासंघमा मेरो आवद्धता फलदायी हुने निश्चित छ ।

सधैं रियल सेक्टरका कम्पनी दोस्रो बजारमा ल्याउने भन्छौ तर सोचे जस्तो किन ल्याउन सकेनौ वा आउन चाहेनन् ? त्यो हेर्दैनौ, नीतिगत अप्ठ्याराहरुलाई सहजीकरण गर्न सकेमा त्यस्ता कम्पनीहरु ल्याउन सकिन्थ्यो । बजार लाई लामो समयदेखि नजीकबाट हेरेको तथा ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष भई काम गरिसकेको हिसाबले पनि नियमनकारी निकाय तथा ब्यवसायीहरु विच समन्वयात्मक पुलको काम गर्न सक्ने भएकाले पनि महासंघमा उम्मेद्वारी दिएको उनको भनाइ छ ।

महासंघमा फरक फरक क्षेत्रका उधोगी ब्यवसायी आवद्ध छन् । बजार चलायमान बन्दै गर्दा अरु क्षेत्र पनि चलायमान बन्दै जाने बुझाउन तथा पुँजीबजारलाई प्राथमिकतामा राख्न महासंघलाई घच्घच्याउने मेरो जिम्मेबारी रहनेछ । ब्यवसायीक हकहितका लागि खडा भएको महासंघ कहिकतै रुमल्लिएर ब्यासायीक हकहित भन्दा पनि आफु अनुकुल प्रयोग गर्न चाहाने प्रवृतिलाई खबरदारी गर्ने काममा पनि आफु सदैब सचेत रहेको स्पाष्ट पार्न चाहान्छु । यहि आउदो चैत्र २९ गते हुन गईरहेको निर्वाचनमा एसोसिएट तर्फ कार्यकारिणी सदस्य पदका लागी मैले उमेदवारी दिएको हुनाले सम्पूर्ण उधोगी व्यवसायीहरुलाई आफनो अमुल्य मत प्रदान गर्न समेत उनले अनुरोध गरेका छन् ।

 भरत रानाभाट

एसोसिएट तर्फ कार्यकारिणी सदस्य पदको उम्मेदवार
नेपाल उद्योग बाणिज्य महासंघं

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।