महासंघमा महादंगल : वस्तुगततर्फको मतगणना सकियो, को को भए निर्वाचित ?


नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ ।

भर्खरै सकिएको मतगणना अनुसार १४ जना सदस्यहरु निर्वाचित भएका छन् । कुल २८ जनाको उम्मेदवारी परेको थियो ।

सबैभन्दा कम अर्थात ६२ मत ल्याएर जित हासिल गर्नेमा राजकुमार कार्की रहेका छन् भने नरेशलाल श्रेष्ठले सबैभन्दा बढी अर्थात ९१ मत ल्याएका छन् ।

१७ देखि ६१ मत ल्याउने १४ जना भने महासंघको सदस्य बन्न सकेनन् ।

विजयी हुनेहरु तथा अन्य उम्मेदवारको मत परिणाम यस्तो छ ।

विजयी हुने १४ जनाको नामावली तथा मत परिणाम

नरेशलाल श्रेष्ठ – ९१
लिलेन्द्र प्रसाद प्रधान – ८३
हरिबहादुर कार्की – ८२
शिव प्रसाद घिमिरे – ८१
अरनिको राजभण्डारी – ७६
डा. सुबोध कुमार गुप्ता – ७५
रविन पुरी – ७४
भक्तबहादुर हमाल – ७२
नानीराज घिमिरे – ७२
शोभा ज्ञवाली – ७२
मनोज अधिकारी – ६७
कमला श्रेष्ठ – ६६
पशुपतिदेव पाण्डे – ६५
राजकुमार कार्की – ६२

महासंघ सदस्य हुन नसकेका १४ जनाको मत परिणाम

रितेश लामिछाने – ६१
अशोक शर्मा – ५९
बोजराज कटुवाल – ५७
किरण कुमार डंगोल – ५६
इन्द्र खनाल – ५५
मीनमान श्रेष्ठ – ५४
अच्युत गुरागाई – ४६
देवेन्द्र खड्का – ४६
नवराज कुँवर – ४१
खुम बहादुर सुवेदी – ४०
रामेश्वर शाह – ३८
दिनेश कुमार चुके – ३१
महेन्द्र बहादुर चित्रकार – ३०
ध्रुब बहादुर गौतम – १७