महासंघमा महादंगल : वस्तुगत उपाध्यक्षमा उमेशलाल टीमका हेमराज ढकाल विजयी


नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा केहीबेर अघि सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका हुन् । ढकालले कुल ६१ मत ल्याएका हुन् ।

महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए ।

ढकालका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् ।

उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए ।

त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन् ।

यस अघि वस्तुगततर्फका १४ जनाले जित हासिल गरेको नतिजा सार्वजनिक भईसकेको छ ।

जसमा उमेशलाल प्यानलबाट ८ र अन्जन प्यानलबाट ६ जना विजयी भएका थिए ।

वस्तुगततर्फको मतगणना सकियो, को को भए निर्वाचित ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।