महासंघको जिल्ला नगर उपाध्यक्षमा संघई प्यानलका सुरकृष्ण विजयी


नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न मतगणना अनुसार सुरकृष्णले अजय सुमार्गी र दिनेश श्रेष्ठलाई हराउँदै नतिजा आफ्नो हातमा पारेका हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघईको प्यानलबाट वैद्यले जित हासिल गरेका हुन् । उनले ४३ मत सहित जित हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्दी अजयराज सुमार्गीले ३७ मत र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।

सुमार्गी अन्जन प्यानलबाट चुनावी प्रतिष्पर्धामा होमिएका थिए भने दिनेश उमेशलाल प्यानलबाट ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।