मुक्तिनाथ विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटेल्समा १०% सम्म छुट पाउने

0
Shares

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्टमा छुट पाउने भएका छन् ।

आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा। लि” को विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी बैंकले सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले “ल्याण्डमार्क होटेल्स एण्ड रिसोर्ट प्रा.लि” अन्तर्गत का विभिन्न स्थानहरुमा (काठमाडौं , पोखरा, चितवन) रहेका आफ्नो होटेलहरुमा मा ऐकोमोडेसन , फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।