महालक्ष्मी विकास बैंकको ऋणपत्र तोकिएको समयभित्र सबै बिक्यो

0
Shares

महालक्ष्मी विकास बैंकले २०७९ साल चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको “११% महालक्ष्मी डिवेन्चर –२०८९” तोकिएको समय भित्रै अर्थात बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएको छ ।

दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम एक अर्ब रुपैंया बराबरको क्रृणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरेको थियो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । क्रृणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे थियो ।

समय अवधि अगावै पूर्ण रुपमा बिक्रि हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गरे।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।