अख्तियारको दायरामा निजी क्षेत्रलाई नपार्न राजनितिक नेतृत्वलाई एफएनसीसीआईको आग्रह


नेपाल उद्योग वाणिज्य महासंघले अख्तियारको दायरा नीजि क्षेत्रसम्म बिस्तार गर्ने व्यवस्था अघि नबढाउन राजनितिक नेतृत्वसँग आग्रह गरेको छ । आइतबार महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेटी यस्तो आग्रह गरेको हो ।

भेटका क्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरि कानुनी व्यवस्था गर्न नहुने बताएका थिए । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक पारित हुन नहुने बताएका उनले स्वदेशी एवं विदेशी लगानी निरुत्साहित हुनेतर्फ चासो देखाएका थिए ।

राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि संसोधन विधेयकमा निजी क्षेत्रलाई समेत समेटने व्यवस्था भएकोले उक्त व्यवस्था हटाउन महासंघ ध्यक्ष ढकालले आग्रह गरेका थिए । अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढि लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण विग्रिनेतर्पm अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका थिए ।

संविधानको धारा २३९ अनुसार अख्तियारले निजी क्षेत्र हेर्न मिल्दैन । यसबारे महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षा एवं कानुन मन्त्री पुर्ण बहादुर खडकाको पनि ध्यानाकर्षण गराइसकेको छ ।

यस अघिको भेटका क्रममा प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नमिल्ने हुँदा उक्त व्यवस्था हटाउने प्रतिवद्धता जनाएका थिए । यसैगरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त व्यवस्थाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने अर्को एउटा संयन्त्र निर्माण हुने बताउँदै उक्त व्यवस्था पारित हुन नहुने बताएका थिए ।

यसै बिषयमा विहीबार कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरुले निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारमा ल्याएर अर्थतन्त्र थप जोखिममा पार्न नहुने धारणा राखेका थिए ।
यसैगरि पूर्व प्रधानमन्त्री देउवासंगको भेटमा बैंकिग प्रणालीमा करिब दुइ खर्ब रुपैया तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह नभइरहेको अवस्थामा ब्याजदर कम गर्न तत्काल नीतिगत उपाय अवलम्बन गर्नुेपर्नेतर्पm अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

साथै, बजार अझै चलायमान हुन नसकेको अवस्थामा ऋणको पुर्नसंरचना एवं पुर्नतालिकीकरण पनि आवश्यक रहेको उनको भनाई थियो । ऋणको सावा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको जानकारी गराएका उनले बैंकहरुको खराब कर्जा अनुपात पनि ४ प्रतिशत हाराहारी पुगिसकेको र आगामी असार मसान्तमा यो बढने सम्भावना रहेको बताएका थिए । त्यस्तो अवस्था आउन नदिन कर्जाको पुर्नसंरचना एवं पुर्नतालिकीकरण आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी लगायत कार्यकारिणी समिति सदस्यहरु सहभागि थिए ।

शनिबार महासंघको प्रतिनिधि मण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर यस सम्बन्धमा जानकारी गराएको थियो । जवाफमा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरि व्यवस्था भएमा निजी क्षेत्रको थप एक नियामक थपिने र यसले निजी क्षेत्रलाई निरुत्साहित बनाउने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।