आय विबरण बुझाउने म्याद एक महिना थपियो


अर्थ मन्त्रालयले आय विवरण बुझाउने समय थपेको छ । मन्त्रालयले पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने समय १ महिना थप गरेको हो ।

२०७९ चैत्र मसान्तसम्म बुझाउनु पर्ने आय विवरण २०८० बैशाख मसान्तसम्म बुझाउन सकिने मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७९ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको दफा २९ बमोजिम विबरण बुझाउने म्याद थप गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।