दुगड समुहको स्पाइस एन्ड फुड प्रोडक्ट्सको आम्दानी वार्षिक २ अर्ब बढी

0
Shares

व्यापारिक घराना दुगड ग्रुपले सञ्चालन गर्दै आएको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्सको सञ्चालन आम्दानी ४१ करोड ५० लाख बढेको छ।

सन् २०२१ मा १ अर्ब ८८ करोड ८० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा २ अर्ब ३० करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ । सन २०२१ को तुलनामा कम्पनीको आम्दानी सन् २०२२ मा २२ प्रतिशतले बढेको हो ।

सन् १९९९ मा स्थापना भएको दुगड स्पाइस एन्ड फुड्सले छिटो उपभोग गर्न मिल्ने खाद्यवस्तुको उत्पादन गर्दै आएको छ । कम्पनीमा मोतीलाल दुगडको अध्यक्षतामा सञ्चालन भइरहेको छ ।

कम्पनीले ‘सेन्चुरी’ ब्रान्डनाम मार्फत आफ्ना उत्पादनको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले परम्परागत मर–मसाला, स्न्याक्स, अचार, नमकीन, फ्रुट जाम, जेली, ड्राई फ्रुट, सिरियल्स, सीटिसी चियाको बिक्री वितरण गर्दै आएको छ । स्नाक्स अन्तर्गत कम्पनीले मुङ दाल, भुजिया, फुरनदाना, चिजबलको उत्पादन गर्छ । कम्पनीले मिक्स मसाला बिक्री गरी कुल आम्दानीको ३५ प्रतिशत रहेको छ ।

नेपालभर कम्पनीका ३०० बढी डिलर रहेका छन् । नेपालमा मात्रै नभई कम्पनीले विदेशमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ । कुल आम्दानीको १.२२ प्रतिशत कम्पनीले विदेश खाद्य पदार्थ निर्यात गरी आर्जन गर्दै आएको छ ।

मोरङको बिराटनगरमा कम्पनीको प्रशोधन प्लानट रहेको छ । चिया प्रशोधन, मसाला प्रशोधन गरी प्रतिवर्ष १५ हजार ३० मेट्रिक टन चिया तथा मसाला प्रशोधन गर्न सक्ने क्षमता कम्पनीको छ ।

१ अर्ब बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५० करोड ५८ लाख ८० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ४९ करोड ४१ लाख २० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वार्षिक चक्रीय वृद्धि दर २४.३१ प्रतिशत रहेको छ । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.९६ गुणा रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।