आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए सपथ

0
Shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन् ।

अध्यक्ष ढकालले बुधबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष नेपाल बीमा प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा सपथ ग्रहण गरेका हुन् ।

उक्त अवसरमा नव निर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायलाई धन्यवाद व्यक्त गरे । साथै सोही अवसरमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालले ढकाललाई सफल कार्यकालको लागि शुभकामना दिए ।

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भएर बनेको आइजीआई प्रुडेन्सिलले आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ । मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी तीन अर्ब २ करोड रुपैयाँ पुग्ने छ ।नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।