दीर्घकालसम्म उन्नत स्तरको बीमा सेवा प्रदान गर्ने आइजीआई प्रुडेन्सियलको प्रतिबद्धता


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

बुधबारेदेखि आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जर भई एकिकृत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको कम्पनीले यस्तो बताएको हो ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले दुई कम्पनी मर्जर भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिँदै दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नतामा मर्जर पछि यो कम्पनी उत्कृष्ट बीमा कम्पनी हुने बताए।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्राधिकरणका अध्यक्ष सिलवाल, विशेष अतिथिको रुपमा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि कार्यकारी निर्देशक विनय देव आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका प्रतिनिधि वारिष्ठ उपाध्यक्ष राजेश कुमार अग्रवाललगाएत नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पधादिकारीहरु र बैँक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु, संस्थापक शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।