बीमालेखलाई समयानुकूल बनाई बीमितलाई थप सुविधा दिन निर्देशन

0
Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमालेखलाई समयानुकूल परिमार्जन गर्न तथा बीमितलाई थप सुविधाको व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन ।

प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा आइतबार विहान काठमाडौंमा आयोजित प्रभातफेरी पश्चातको सभालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पु¥याउनु भएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले भने, “पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ । जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुप¥यो, बीमा सेवा उपलब्ध गराउनुप¥यो र सेवा दीगो हुनुप¥यो । कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नु¥यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुप¥यो ।”

अध्यक्ष सिलवालले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे ।

काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी ¥याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।