नेपाटपले सुरु गर्यो ढल निकास प्रयोजनको डीडब्लूसी पाईप उत्पादन


विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डीडब्लूसी पाईपको उत्पादन सुरु गरेको छ ।

भारत, चीन लगायका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडीबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रा.लि., पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै डीडब्लूसी पाईपको उत्पादन सुरु गरेको हो ।

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा कम्पनीले पाइप उत्पादन सुरु गरेको हो ।

कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि. देखी १ हजार २०० मि.मि. गोलाईका पाईप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको डीडब्लूसी पाईपको मापदण्ड नेपाल गुणस्तर चिन्ह नम्बर ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ ।

विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजाइन एवं प्रविधि युक्त पाईप प्रयोग हुँदै आएकोमा नेपाटपले नेपालमा नै उत्पादन सुरु गरेपछी भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने र स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

विगतमा प्रयोगमा आईरहेको कंक्रिट ढल पाईप को तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाईपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडान  पश्चात मर्मत सम्भारको झन्झट नहुने, पाईपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।