तस्करी बढ्दै: बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा


बिल बिजकभन्दा बढी सामान बोकेको ट्रकलाई बीरगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न किसिमका औषधी, हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले जेठ ८ गते बीरगञ्जस्थित बसपार्कबाट नियन्त्रणमा लिएको हो ।

ना. ६ ख ३३८८ नम्बरको मालवाहक ट्रकबाट जाँच गर्ने क्रममा बिल बिजकभन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो बिल बिजक संकास्पद हुँदा ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।