संस्थापक सेयर बेच्नेको लर्कोः प्राइम बैंक र कामना सेवा विकास बैंकले पनि बेच्दै


आर्थिक कृयाकलाप संकुचित भइरहेका बेला विभिन्न सूचकृत कम्पनीका संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न खोजिरहेका छन् ।

अर्कातिर बजार पनि तल्लो विन्दुमा आउँदा आर्थिक कारोबार व्यवस्थापन गर्नका लागि पनि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर बिक्री गरिदिनका लागि सम्बन्धित संस्थालाई भनिरहेका छन् ।

पछिल्ला दिनमा विभिन्न बैंक वित्तीय संस्थाले सूचना निकालेर संस्थापक सेयर बिक्रीमा रहेको भन्दै सूचना निकालिरहेका छन् ।

यस क्रममा बुधबार प्राइम बैंकले सेयरको संख्या नखुलाई संस्थापक सेयर बिक्रीमा रहेको र खरिद गर्न चाहने संस्थापकहरुले जेठ १० गतेदेखि ३५ दिन भित्र कमलपोरीस्थित बैंकमा सम्पर्क राख्न भनेको छ ।

उक्त मितिमा संस्थापकहरुबाट आवेदन नआएमा सर्वसाधारणलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

उता कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठले २ लाख ४४ हजार ९५४ कित्ता सेयर बेचिदिन बैंकमा निवेदन दिएका छन् ।

सोही अनुसार बैंकले ३५ दिनभित्र सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ । उक्त अवधिमा संस्थापकबाट आवेदन नआएको खण्डमा बैंकले सर्वसाधारणलाई सेयर बिक्री गर्नेछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।