जाउलाखेल डिस्टीलरीले एकै वर्षमै गर्यो १७ अर्बको कारोबार

0
Shares

मदिराजन्य सामाग्रीहरुको उत्पादक कम्पनी जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिजले एक वर्षमै १७ अर्बको व्यापार गरेको छ ।

रुस्लान भोड्का, गोल्डेन ओक, ब्ल्याक ओक, ब्लु ओक, रोयल टे«जर, हिमालयन ब्रान्डी जस्ता प्रख्यात मदिरा सहित २१ ब्रान्डको उत्पादक जाउलाखेलले अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले व्यापार वृद्धि गरेको हो ।

सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख बराबरको कारोबार गरेको कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख आम्दानी गरेको छ । यस्तै आर्थिक वर्ष २०२३/२०२४ मा कम्पनीले ५ अर्ब ४० करोड ३९ लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०१६ मा स्थापना भएको जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज डिष्ट्रिब्युसन प्रालि नेपालमा मदिरा उत्पादनका बादशाह विजय कुमार शाहको अगुवाइमा सञ्चालनमा आएको छ । कम्पनीमा विजय कुमार शाहको ५५ प्रतिशत र उनका छोरा राज बहादुर शाहको ४५ प्रतिशत लगानी रहेको छ । विजय कुमार शाह नेपालमा व्यक्ति आयकर तर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्ति हुन् ।

कम्पनीका देशभर चार वेयरहाउस र २ सय ३७ बढी डिलरहाउसहरु रहेका छन् । सन् १९७३ मा जाउलाखेल ग्रुप अफ इन्डष्ट्रिज स्थापना गरेका विजय कुमार शाहले नेपालमा पहिलो पटक रुसलान भोड्का नेपाल भित्राएका थिए । हाल जाउलाखेल ग्रुप अन्तर्गत चार डिस्टीलरी, एक ब्रुअरी र एक रिसर्च युनिट सञ्चालनमा छन् ।

कम्पनीले ४ अर्ब ३२ करोड ९२ लाख ६० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई २ करोड ९२ लाख ६० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ४ अर्ब ३० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको २.६ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।