सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम संचालन


सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुुहाउदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्य साथ जेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

५ दिने कार्यक्रमको प्रशिक्षण ग्रामीण वित्त विज्ञ तर्कराज जोशीले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आयआर्जनमा जोड्ने र वित्तीय अनुसाशन कायम गराउने उद्देश्यले तालिम आयोजना गरिएको जनाएको छ ।

सिपमुलक तालिमले महिला कृषकहरुमा दुग्ध पदार्थको उत्पादन बृद्घि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरुको व्यवसायिक क्षमतामा वृद्घि गर्ने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।