राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि ‘टीभीसी’ प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ।

आइतबार सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन्। सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको टीभीसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्नेछ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात दुवै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पूग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पुर्याउन सहयोग पूग्ने बताए।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले दुवै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए। उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, कम्पनी सचिव हेमराज खरेल, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुबै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पीओएस सेवा, बिना चेक रकम झिक्न सकिने, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।