महालक्ष्मी विकास बैंकको साढे ९ लाख कित्ता सेयर बिक्रीमा

0
Shares

महालक्ष्मी विकास बैंकको ९ लाख ४७ हजार ३९२ कित्ता संसथापक सेयर बिक्रीमा आएको छ ।

बैंकको संस्थापक समूहको उक्त सेयर जेठ ३० गते मंगलबारदेखि ३५ दिनसम्मका लागि बिक्रीमा राखिएको हो । उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई काठमाण्डौको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम दोस्रो चरणमा उक्त सेयर बिक्री प्रकृया अगाडि बढ्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।