इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि शुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् ।
 
महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी पनि निर्विरोध निर्वाचित भएका छन् ।
 
इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।

इप्पान निर्वाचन समितिका अनुसार मंगलबार निर्धारित समयमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सुपर खुदी हाइड्रोपावरका गणेश कार्की र यूनियन मेवा हाइड्रोपावरका किरण मल्ले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा तेह्रथुम पावर कम्पनीका मोहन कुमार डाँगी र बाराही हाइड्रोपारका सुर्यप्रसाद अधिकारीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

५ जना उािध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा पिपुल्स पावरका भरत बहादुर खत्री, सीइडीभी हाइड्रोपावरका उत्तम भ्लोन, अन्नपूणर् विद्युत विकास कम्पनीका राम प्रसाद आचार्य, सगरमाथा इनर्जी एवं कन्स्ट्रक्सनका आशिष गर्ग, इदी हाइड्रोपावरका आनन्द चौधरी, रंगुनखोला हाइड्रोपावरका विरेन्द्र मल्ल र देवढुङ्गा मालिका हाइड्रोपावरका दिपेन्द्र बहादुर बम रहेका छन् ।

महासचिव पदका लागि बुद्धभूमी नेपाल हाइड्रोपावरका बलराम खतिवडा र हार्मोनी इनिसिएटिभ्सका विनोद देवकोटाले मनोनयन दर्ता गराएको इप्पान निर्वाचन समितिले जानकारी दिएको छ । 

५ जना सचिवका लागि ६ जनाको मनोनयन दर्ता भएको छ । जसमा म्याग्दी हाइड्रोपावरका भरतप्रसाद नेपाल, पर्फेक्ट इनर्जी डेभलपमेण्ट प्रालिका भरतकुमार खड्का, रुबी भ्याली हाइड्रोपावरकी कविता पोखरेल कँडेल, ईसुवा इनर्जीका विक्रम बिष्ट, साहस उर्जाका हिम प्रसाद पाठक र दूधपोखरी चेपे हाइड्रोपावरका नारायण कँडेलले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

खुल्लातर्फका ७ सदस्यका लागि १४ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ । जसमा टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत प्रसाद पराजुली, कुवेरमणी नेपाल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, शंकर बस्याल, ग्रीष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तर कुमार श्रेष्ठ, तारा बहादुर इस्वो, कदम केसी, सिताराम तिमिल्सिना र विकास कुमार श्रेष्ठले मनोनयन दर्ता गराएका हुन् ।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यहि जेठ ३२ गते निर्वाचन हुनेछ ।

हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।