इन्जिनियरिङ सेवा प्रदान गर्दे आएको एयरटेक इन्डष्ट्रिजको ८ महिनाको आम्दानी ८३ करोड

0
Shares

नेपालमा डिजाइन, प्रोक्युरमेन्ट, इन्स्टलेशन, टेस्टीङ, कमीसनिङ अफ हिटिङ, भेन्टीलेशन, एयर कन्डिसनिङ, मेकानिकल, इलेक्ट्रीकल, प्लमबिङ लगायतका इन्जिनियरिङ सेवा प्रदान गर्दै आएको एयरटेक इन्डष्टिजले आर्थिक वर्ष २०२३/२४ को ८ महिनामा ८३ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले आव २०२२/२३ मा १ अर्ब २३ करोड १० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीमा देखिएको सुधारका कारण कम्पनीका अन्य वित्तीय सूचांकमा पनि सुधार आएको छ ।

कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा चालु आवको ८ महिनामा कुल सञ्चालन आम्दानीको ८.७ प्रतिशत रहेको छ । जुन गत आवमा ७.४ प्रतिशत थियो ।

सन् २००० मा स्थापना भएको कम्पनीले नेपालमा विविध इन्जिनियरिङ सेवा प्रदान गर्दै आएको छ । मनोज बन्सालीले २६ करोड लगानीमा स्थापना गरेका थिए । हाल कम्पनीको १०० प्रतिशत सेयर हिस्सा नै मनोज बन्सालीको रहेको छ ।

कम्पनीले ७१ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७१ करोड ७० लाख बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीलाई ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको ३.४ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।