नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच सम्झौता

0
Shares

नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालका बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कूल अफ म्यानेजमेन्ट को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।

सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इसिजीस“ग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।

सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र इन्भेष्ट फर इम्प्याक्ट नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।