राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् ।

विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्बेवारी दिएको हो । यस अघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउदै दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्बेवारी दिएको हो ।

दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघि मात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार १८ : ४७ बजे