निरन्तर उकालो लागेको एशियाली सेयर बजारमा करेक्सन

0
Shares

एक साता निरन्तर बढेको एशियाली सेयरबजार अन्ततः यो साताको सुरुवाती दिनमा नै आरालो लागेको छ ।

चिनियाँ केन्द्रीय बैंक–पिपुल्स बैंक अफ चाइनाले लोन प्राइम रेट बढाउने संकेत गरेपछि लगानीकर्ता निराश हुँदा एशियाली सेयरबजारमा गिरावट आएको हो ।
जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.८ प्रतिशतले ओरालो लागेको छ ।

जापानी सेयर सूचांक निकेई १.३ प्रतिशतले घटेको छ । चीनको ब्लु चीप सूचांक ०.८ प्रतिशतले घटेको छ भने हङकङको ह्याङस्याङ सूचांकमा १.६ प्रतिशतको गिरावट आएको छ ।

चिनियाँ अर्थतन्त्रमा देखिएको अन्योलताका कारण गोल्डम्यान स्याचले चीनको आर्थिक वृद्धि दर ६ प्रतिशतबाट हटाएर ५.४ प्रतिशत अनुमान गरेको छ ।
यस्तै युरो क्षेत्रको सेयर सूचांक युरो स्टोक्स ५० फ्युचर्स सूचांक ०.७ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।