अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य


आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले । उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए । यस्तै सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । –रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।