विश्वव्यापी रुपमा ‘केन्द्रीय बैंक डिजिटल मुद्रा’ को विकासमा अग्रसर हुँदै आइएमएफ

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले केन्द्रीय बैंक डिजिटल मुद्रा (सिबिडिसी)को विकासको अवधारणामा काम गरिरहेको आइएमएफकी प्रबन्ध निर्देशक क्रिष्टालिना जिर्योजिभाले बताएकी छिन् ।

सिबिडिसीको प्रयोगलाई अन्तरदेशीय बनाउने उद्देश्यका साथ आइएमएफ अगाडि बढिरहेको मोरोक्कोमा आयोजित अफ्रिकन केन्द्रीय बैंकहरुको सम्मेलनमा क्रिष्टालिनाले जानकारी दिइन् ।

केन्द्रीय बैंक डिजिटल मुद्रा विकासको लागि देशहरु साझा नियामक नीति निर्माणमा सहमत हुन सकेमा सिबिडिसीको अन्तरदेशीय सञ्चाल निर्माणका लागि सहयोग पुग्नेछ । सीबिडिसी केन्द्रीय बैंक द्वारा नियन्त्रित डिजिटल मुद्रा हो, यो केन्द्रीय बैंकमा केन्द्रीत हुन्छ भने क्रिप्टोकरेन्सी विकेन्द्रीकृत लेजरमा आधारित हुन्छ ।

हाल भारत सहित ११४ अन्य केन्द्रीय बैंकहरूले सिबिडिसी विकासको प्रक्रिया सुरु गरेका छन् । कतिपय केन्द्रीय बैंकहरुले पाइलट परियोजना लागु गरिरहेका छन् भने १० केन्द्रीय बैंकहरु सिबिडिसी विकासको अन्तिम चरणमा पुगिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।