सोना प्याकेजिङ इन्डष्ट्रिजको वार्षिक आम्दानी १ अर्ब ७० करोड

0
Shares

प्याकेजिङ सामाग्रीको उत्पादन गर्दै आएको–सोना प्याकेजिङ इन्डष्ट्रिजले सन् २०२२ मा १ अर्ब ६९ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १ अर्ब ७३ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२२ मा घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी ४ करोड ५० लाख रुपैयाँले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा आएको गिरावटको प्रभाव अन्य वित्तीय सूचांकमा समेत परेको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १५.२२ प्रतिशत थियो भने सन् २०२२ मा सो नाफा ७.९७ प्रतिशत विन्दुले घटेर ७.२५ प्रतिशत पुगेको छ।

कच्चा पदार्थको मूल्यमा भएको वृद्धि तथा पछिल्लो समयमा बढ्दै गएको प्रतिस्पर्धाका कारण कम्पनीको आम्दानीमा गिरावट आएको छ । तथापि प्याकेजिङ सामाग्री हरेक अवसरमा अत्यावश्यक हुने हुँदा बजारमा माग बढ्दै गएको छ ।

जसकारण आगामी समयमा कम्पनीको आम्दानीमा सकरात्मक सुधार आउने देखिन्छ । यशोदा फुड्स प्रालिका अध्यक्ष–चुन्ना प्रसाद शर्माको हातमा कम्पनीको नेतृत्व रहेको छ । कम्पनीको प्रबन्ध निर्देशक उमाशङ्कर माल्पानी हुन्।

कम्पनीले ७५ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयरनेपालले १० करोड ४० लाख ६० हजार बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र ६४ करोड ५९ लाख ४० हजार बराबरको अल्पकलीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ७.४७ गुणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।