ऋण नतिर्न अराजक गतिविधि गर्नेलाई तुरुन्तै कारवाही गर्न बैंक तथा वित्तीय संस्थाको माग

0
Shares

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्न अराजक गतिविधि गर्ने व्यक्ति तथा समुहलाइ तत्काल कारबाही गर्न बैंक तथा वित्तीय संस्थाका छाता संगठनले माग गरेका छन् । उनीहरुले सोमबार पूर्वी नेपालका केही बैंक वित्तीय संस्थाको सेवा प्रबाहमै अबरोध भएपछि कारबाहीको माग गरेका हुन ।

सोमबार पूर्वी नेपालको इटहरी, सुनसरी तथा विर्तामोड, झापा स्थित केही बैंक, वित्त तथा लघुवित्त संस्थाहरुको शाखामा कर्जा नतिर्ने ऋणीले शाखा संचालनमा अवरोध गरेको बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र लघुवित्त बैंकर्स संघले सयुक्त रुपमा यस्ता गतिविधिको विरोध गर्दै तत्कालन कारबाही गर्न सरकारसंग माग गरेका हुन । सेवा प्रबाहमा अवरोध पु्रयाउने व्यीक्तहरुले बैंक वित्तीय संस्थाका कर्मचारीहरुलाई धम्क्याएको समेतउनीहरुले जनाएका छन्। ग्राहकहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा लिनबाट बञ्चित गरेकोमा चारवटौ संघले निन्दा गरेको छ ।

उनीहरुले यस विषयमा सुरक्षा निकायले यथाशिघ्र आवश्यक कदमीलिई शाखा संचालन गर्न तथा कर्मचारी/ग्राहकको सुरक्षाका लागी समेत माग गरेका छन ।

ऋण लिए पछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्न पर्ने भन्दै उनीहरुले ऋण नतिर्ने बहानामा अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याई शान्ति/सुरक्षा कायम गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिदिन पनि उनीहरुले माग गरेका छन । आगामी दिनमा यस्तो गतिविधिहरु भए सशक्त रुपमा प्रस्तुत हुने उनीहरुले जनाएका छन ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ्ग क्षेत्र निर्वाध रुपमा संचालन गर्न र सेवा पु¥याउन कुनै पनि तत्वहरुले बाधा पु¥याएको खण्डमा सो गैर–कानूनी हो । ग्राहकहरुले सेवा लिन आउँदा कुनै पनि अबरोध गरिएमा वा शाखा संचालनमा कुनै बाधा पु¥याइएको खण्डमा सो उपर सुरक्षा निकायले आवश्यक कदम लिनेमा उनीहरु विश्वस्त छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।