सडक विस्तारमा फड्को मार्दै तातोपानी

0
Shares

तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक ५७० मिटर, सोलिङ सडक ५६० मिटर, पिपिसी सडक ९२२ मिटर र आरसिसि सडक २५० मिटर निर्माण गरी जम्मा पाँच दशमलव ३०१२ किमि सडक सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिएका छन् ।

विकासको कामलाई चुस्त र गुणस्तरीय बनाउका लागि अनुगमन समितिले कडाइका साथ नियमित काम गरेकाले बाटोमा सुधार आएको र नागरिकले राहत महसुस हुनेगरी काम गरिएको उनको भनाइ थियो । गाउँपालिका इञ्जीनीयर डिल्ली बुढाका अनुसार गोरेटो बाटो निर्माण नौ हजार ९४७ मिटर, सोलिङ बाटो निर्माण दुई हजार ८७७ मिटर, पिसिसी बाटो निर्माण ८९४ मिटर र आरसिसी सडक ७८ मिटर गरी जम्मा १३ दशमलव ७९६ किमि सडक निर्माण भएको उनले जानकारी दिए।

त्यस्तै गाउँपालिकाले विद्युत् लाइन विस्तार र मर्मत पाँच वटा, झोलुङ्गे पुल र ट्स पुल निर्माण दुई, तटबन्ध ११ वटा निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जनाए । –रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।