मल्टिनेशनल कम्पनीहरु विदेशी सेयर बजारमा सिधै सूचीकृत हुन सक्ने

0
Shares

भारतीय मल्टिनेशनल कम्पनीहरुले विदेशमा रहेका आफ्ना कम्पनीको पुँजी बढाउन चाहेमा स्वदेशमा साधारण सेयर निष्कासन (आईपीओ) नगर्दा पनि विदेशमा जारी सक्ने सुविधा पाउने भएका छन ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणका अनुसार कम्पनीहरुले सो सेवा इन्टरनेशनल फाइनान्सीयल सर्भिसेस सेन्टर (आइएफएससी) मार्फत लिन सक्नेछन।
वर्तमान व्यवस्था अनुसार विदेशमा आईपीओ जारी गर्ने कम्पनी भारतीय सेयर बजारमा अनिवार्य रुपमा सूचीकृत हुनुपर्ने व्यवस्था छ ।

सूचीकृत कम्पनीले भारतीय सेयर बजारमा डिपोजीटरी रिसीप्ट जारी गरी विदेशी सेयर बजारमा आइपीओ जारी गर्दै आएका थिए । यस व्यवस्थाले आन्तरिक रुपमा सबल भएका कम्पनीहरुलाई मात्रै आईपीओ जारी गर्ने सुविधा दिएको भन्दै साना कम्पनीहरुले विरोध गर्न थालेपछि नयाँ व्यवस्थाको तयारी भएको हो ।

विदेशी सेयर बजारमा सिधै आइपीओ जारी गर्न मिल्ने सुविधाले विदेशमा राम्रो पुँजी संकलन गर्ने क्षमता भएका कम्पनीहरुलाई सहजता प्रदान गर्ने सीतारमणको टिप्पणी रहेको छ ।

आगामी समयमा अर्थमन्त्रालयले आइएफएससीको काम स्पष्ट हुने गरी नीति नियम जारी गर्ने र त्यसले विदेशमा आइपीओ जारी गर्नका लागि नयाँ बाटो खोल्ने उनले बताएकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।