सन नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्कासन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २३९ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

सो मध्ये १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर, प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३९ रुपैयाँमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको हो ।

त्यसै गरी निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर सामुहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित मुल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर कुल २३९ रुपैयाँका दरले र ५ प्रतिशत अर्थात ४ लाख ८० हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याईएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्कासन भएको सेयर बाँडफाँड पश्चात सर्वसाधारणमा सेयर निष्कासन हुनेछ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत्तम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले त्रिपल बि माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व वहन गर्न समक्ष रहेको औषतस्तरको सुरक्षित कम्पनीलाई जनाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड किलयरिङ्ग लिमिटेडको मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।