सोनापुर सिमेन्टले प्रिमियममा १ करोड २३ लाख कित्ता आईपीओ जारी गर्ने

0
Shares

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा १ करोड २३ लाख २०० किता सेयर निष्काशनको अनुमति दिएको हो ।

कम्पनीले स्थानीय र कर्मचारीलाई प्रति कित्ता २२५ रुपैयाँ तथा सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँका दरले सेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले सार्वजनिक सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक १२५० टन रहेको छ । क्लिंककर उत्पादन क्षमता २३०० टन रहेको छ । कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुङ्गा खानी उत्खनन अनुमतिपत्र छ ।

सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो । उद्योग तयाल परिवारले स्थापना गरेको हो । उद्योगको अध्यक्षमा रतनलाल तयाल रहेका छन भने प्रबन्ध सञ्चालकमा निपेश तयाल रहेका छन् ।

सोनापुर मिनिरल्सले सन २०२२ मा २ अर्ब ३७ करोड ५० लाख बराबरको आम्दानी गरेको छ । सन् २०२१ मा कम्पनीले २ अर्ब ९२ करोड २० लाख आम्दानी गरेको थियो ।

हाल नेपालमा ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग रहेका छन्।। सोनापुरले आईपीओ अनुमति पाएसँगै सेयर निष्कासन गर्ने सिमेन्ट कम्पनीको संख्या तीन पुग्नेछ । यसअघि शिवम र घोराही सिमेन्टले आईपीओ जारी गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।