राष्ट्र बैंकले ५ अर्ब ८४ करोडको विकास ऋणपत्र निष्कासन गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागिे विकास ऋणपत्र जारी गर्ने भएको हो ।

६ वर्षका लागि निष्कासन हुन लागेको विकास ऋणपत्र २०८६‘ट’ को बिहीबार अपरान्ह ३ बजे बोलकबोल हुने छ । निष्कासन भदौ १ गते हुने छ भने साँवा भुक्तानी अवधि २०८६ भदौ १ गते रहेको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रपमा हुनेछ ।

ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिने पाइने छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने छ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।ऋणपत्रको व्याजदर (कुपनरेट) बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ।

विकास ऋणपत्र खरिदकर्ताले खरिद गरेको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाउनेछन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ । निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।