नेपाल एसबिआई बैंकको ऋणपत्र बाँडफाँड, ५ लाख ८१ हजार इकाई बिकेन

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र भदौ १० गते आइतबार बाँडफाँड भएको छ । दश वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर रहेको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र बैंकले साउन १८ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको थियो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट कुल २० लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएकोमा खरिद माग बमोजिम १ अर्ब ४१ करोड ८३ लाख ६६ हजार रुपैयाँ मूल्यको १४ लाख १८ हजार ३६६ कित्ता इकाई ऋणपत्र बाँडफाँड भएको हो । ५८ करोड १६ लाख ३४ हजार मूल्यको ५ लाख ८१ हजार ६३४ कित्ता इकाई ऋणपत्र भने अवितरित भएको छ ।

अंकित मूल्य १ हजार रूपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र मध्ये सर्वसाधारणका लागि छुट्याईएको १२ लाख कित्ता ऋणपत्र छुट्टाइएको थियो । सर्वसाधारणबाट १ लाख ७० हजार २६ कित्ता इकाई ऋणपत्र खरिदकाे माग परेकाले साेही अनुसार बाँडफाँड गरिएकाे छ । व्यक्तिगत तवरबाट मागभन्दा बढी आवेदन परेकाले सर्वसाधारणलाइ छुट्टाइएकाेबाट ४८ हजार ३४० कित्ता  इकाई थप गरी १२ लाख ४८ हजार ३४० कित्ता इकाई ऋणपत्र बाँडफाँड गरिएको हो ।

ऋणपत्रका लगानीकर्ताले प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ऋणपत्रबाट आर्जित ब्याज रकम कर कट्टा गरी प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।