शाओमी प्याड ६, किबोर्ड र स्मार्ट पेन नेपाली बजारमा आउँदै, कति पर्छ मूल्य ?


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ ।
४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केहि मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ ।

इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ कम्प्याक्ट अल–इन– वान सोल्युशन हुने कम्पनीको दाबी छ । भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ । शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, मनु मनस्वीले भनिन्, “शाओमी प्याड ६ बजार मा ल्याउन पाउँदा हामी उत्सहित छौँ । हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौ । यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरूका साथ, हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ ।”

प्रोसेसरः

शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ । यो पावरहाउसले उपभोक्ताहरुलाई संधै सबैभन्दा अगाडी राख्ने ग्यारेन्टी दिन्छ । यस किसिमको प्रोसेसरका साथ कार्यहरू निर्बाध रूपमा एकान्तरण गर्न सकिन्छ, रिसोर्स – इन्टेन्सिभ एप्लिकेशनहरू कार्यान्वयन गर्न सकिन्छ, र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ जसका कारण सहज रूपमा प्रयोगकर्ताका मागहरू पूरा हुन्छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव प्रदान गर्दछ ।

डिस्प्लेः

शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० ह १८०० पिक्सेल र उल्लेखनीय ३०९ पिपिआईको प्रभावशाली रिजोल्युसनको संकलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवित हुन पुग्छ । यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ, त्यसैगरी ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारणमा पनि मनमोहक भिजुअलहरु सुनिश्चित गर्दछ । १ बिलियन भन्दा बढी रङहरू समर्थन गर्न सक्ने र डिसिआई – पि थ्रीसँग कम्प्याटिबिलिटि भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु–टु–लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअल अनुभव प्रदान गर्दछ ।

क्यामेराः

शाओमी प्याड ६ को क्यामेराको क्षमतासँग जो कोहीले आफ्नो रचनात्मक अभिव्यक्ति को उपयोग गर्न सक्छन् । यसको १३ एमपी रियर क्यामेराले ३० एपÞmपिएस मा ४ के भिडियो रेकर्डिङ गर्न सहज बनाउँछ । एडभेन्चरलाइ डक्युमेण्ट गर्न होस् वा कन्टेन्ट क्रिएट गर्न, शाओमी प्याड ६ एक असली साथीको रूपमा काम गर्दछ । यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एपÞmपिएस मा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ ।

ब्याट्री र चार्जिङः

एक ८८४० एमएएच (टिपिकल) ब्याट्रीसँग सुसज्जित शाओमी प्याड ६ ले दिनभरी निर्बाध गतिविधि को सुविधा प्रदान गर्दछ । जसका कारण उपभोक्ताहरुले निरन्तर रुपमा पावर आउटलेट खोजिरहनु पर्दैन । शाओमी प्याड ६ सँग प्रोडक्टिभिटि र मनोरञ्जन बीच निर्बाध रूपमा ब्याट्री सकिने चिन्ता बिना शिफ्ट गर्न सकिन्छ । ट्याब्लेटहरुमा हुने पोटेन्शियललाई इष्टतम रूपमा उपयोग गर्न सक्षम शाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ ।

नेटवर्क र कनेक्टिभिटिः

शाओमी प्याड ६ ले यसको उन्नत कनेक्टिभिटीका फिचरहरूका कारण जस्तो सुकै लोकेशनमा पनि अटल कनेक्टिभिटि सुनिश्चित गर्दछ । यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन, ८०२.११ ए/बि/जी ले उच्च–गति र भरपर्दो इन्टरनेट कनेक्शन प्रदान गर्दछ । चाहे त्यो काम होस्, कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दा महत्त्वपूर्ण मामिलाहरूमा निरन्तर कनेक्शनको ग्यारेन्टी दिन्छ ।

शाओमी प्याड ६ किबोर्डः

शाओमी प्याड ६ को अतिरिक्त, रुपमा शाओमी प्याड ६ कीबोर्ड उपलब्ध हुनेछ । जसले प्रोडक्टिभिटिलाई नयाँ उचाइमा पुर्याउँछ । प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न , र नोट–लिन जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सकिन्छ । स्लीक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरू प्रस्तुत गर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षता प्रवर्द्धन र परिष्कृत क्षमताहरूलाई सक्षम पार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखी कार्यस्थानमा रूपान्तरण गर्छ ।

शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनः

शाओमीको इनोभेशनप्रति प्रतिबद्धता अनुरूप यस कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेशन अनावरण गरेको छ । थ्री – एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ, जसले सहज, सटीक लेखन र ड्रविङ्ग अनुभव प्रदान गर्दछ । नोट लिन होस्, आइडिया स्केचिङ गर्न होस, वा रचनात्मक अभिव्यक्ति गर्न, शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनले यसको १५० –घण्टा ब्याट्री लाईफसँग विचारहरूको निर्बाध फ्लो सुनिश्चित गर्दछ । इन्हान्ड्स सेन्सिटिभिटि र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटि एक्सप्रेस गर्नको लागि पर्फेक्ट टूल बनाउँछ ।

बजार उपलब्धता:

भदौ १५ गते बाट बजारमा उपलब्ध हुने यो फोन ११ गतेदेखि इकमर्श प्लेटफर्म दराजमा १४ गतेसम्म प्रि–बुकिङको लागि उपलब्ध हुनेछ । शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लू र ग्रेफाइट ग्रे गरी दुई रंगहरूमा दुईवटा स्टोरेज भेरियन्टहरूमा उपलब्ध हुनेछ । जसमा ६ + १२८ जीबी र ८+२५६ जीबी भेरियन्ट रहने कम्पनीले जनाएको छ ।

नेपालमा शाओमी प्याड ६ को ६+१२८ जीबी भेरियन्टको मूल्य ३९ हजार ९९९ रुपैयाँ तथा ८+२५६ जीबी भेरियन्टको ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ । साथै, शाओमी प्याड ६ किबोर्डको ८ हजार ४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको ९ हजार ९९९ रुपैयाँ पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।