एमएम पोलिमरले ६ महिनामै गर्यो ५२ करोडको कारोबार

0
Shares

एमएम ग्रुप अफ कम्पनीजको लगानी रहेको प्लास्टिक निर्माता कम्पनी एमएम पोलिमर प्रालिले आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ५२ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ अर्ब २७ करोड ८० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ५ महिनाको सञ्चालन आम्दानी र अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी १८.४६ प्रतिशतले घटेको हो।

सन् २००९ मा स्थापना भएको कम्पनीले पोलीइथाइलीन टेरेफ्थालेट (पीइटी)का सामाग्रीहरु उत्पादन गर्दै आएको छ । कम्पनीले पीइटी बोटल, जार उत्पादन गर्दै आएको छ । कम्पनीको फ्याक्ट्री मकवानपुरको हेटौंडामा अवस्थित छ । कम्पनीका अध्यक्ष सुयस प्याखुरेल हुन् । कम्पनीमा सुयस प्याखुरेल, स्वागतराज प्याकुरेल, सन्तोष प्याकुरेल र ज्योति प्याकुरेलको लगानी रहेको छ । कम्पनीमा चार जनाको समान २५ प्रतिशत सेयर छ ।

कम्पनीले १ अर्ब ४९ करोड बराबरको दीर्घकालीन तथा अलपकालीन कर्जाका लागि रेटिङ गराएको छ । ६४ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी माइन्स रेटिङ गरेको छ । यस्तै ८४ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ दिएको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको १.५ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।