वर्ल्ड बैंकले जारी गर्यो ८५ अर्ब पाउन्ड स्र्टलिङको सस्टेनेबल डेभलपमेन्ट बन्ड

0
Shares

वर्ल्ड बैंकले सस्टेनेबल डेभलपमेन्ट बन्ड जारी गरी ८५ अर्ब पाउन्ड स्र्टलिङ संकलन गरेको छ । सात वर्ष अवधिको बन्ड जारी गर्दै वर्ल्ड बैंकले बन्डबाट प्राप्त भएको रकम वल्र्ड बैंक अन्तर्गतका राष्ट्रहरुमा दिगो विकासका आयोजनामा प्रयोग हुन जनाएको छ ।

वर्ल्ड बैंकले सस्टेनेबल डेभलपमेन्ट बन्डको वार्षिक कुपन रेट ४.८७५ प्रतिशत राखेको छ । यस बन्डका लागनीकर्ताहरुले वार्षिक इल्ड ४.८८४ प्राप्त गर्नेछन् ।

बैंकले बन्ड खरिद गर्ने लगानीकर्तालाई बेलायती केन्द्रीय बैंकले जारी गरेको १० वर्षे ट्रेजरी बन्डको तुलनामा ०.३७५ प्रतिशत विन्दु बढी कुपन रेट प्रदान गरेको छ । उक्त बन्ड लक्जमबर्ग स्टक एक्सेन्चमा सूचीकृत छ भने बैंक अफ अमेरिका सेक्युरीटिज, ड्युश बैंक, न्याटवेस्ट एन्ड टिडी सेक्युरिटिज संयुक्त रुपमा व्यवस्थापक रहेका छन् ।

यस बन्डमा लगानी गर्ने लगानीकर्ता विशेषतः बेलायतका रहेका छन् । वर्ल्ड बैंकमा सदस्यता लिएका राष्ट्रहरुलाई खरिद गर्नका लागि आह्वान गरिएको यस बन्डमा बेलायतबाट ८६ प्रतिशत, युरोप तथा मिडिल इस्टबाट ७ प्रतिशत, अमेरिकाबाट ४ प्रतिशत र एशिया क्षेत्रबाट ३ प्रतिशत लगानीकर्ताले लगानी गरेका छन् ।

यस बन्डमा लगानी गर्ने ५९ प्रतिशत बैंक तथा कर्पोरेट संस्थाहरु रहेका छन् । यस्तै एसेट म्यानेजर, इन्स्योरेन्स तथा पेन्सन फन्डको लगानी २५ प्रतिशत र केन्द्रीय बैंक तथा अन्य आधिकारिक संस्थाहरुको लगानी १६ प्रतिशत छ ।

वर्ल्ड बैंकले निकै लामो समयपछि स्र्टलिङमा बन्ड जारी गरेको हो । यो बन्ड सन् २०३० अगस्ट महिनामा परिपक्व हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।