महिन्द्राले सार्वजनिक गर्‍याे नयाँ मोडलको स्कोर्पियो, मूल्य कति ?

0
Shares

महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्‍नि ग्रुप अन्तर्गतको अग्‍नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा उक्त गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले यसको मूल्य ८० लाख ५० हजार तोकेको छ । यसअघि कम्पनीले नयाँ स्कोर्पियो एन नेपाली बजारमा भित्र्याइसकेको छ। अटो शोको स्टलमा एक्सयूभी ३०० पनि राखिएको छ । यस्तै, एक्सयूभी ७०० पनि नयाँ प्रिमियम सेग्मेन्टको गाडी हो ।

स्कोर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल गियरबक्स र टु ह्‍विल तथा फोर ह्‍विल ड्राइभ अप्सन उपलब्ध छ ।

स्कोर्पियो क्लासिकमा प्रोजेक्टर हेडल्याम्पको साथमा एलईडी डे टाइम रनिङ लाइट, ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ स्टेरिङ ह्‍विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्टस्, ड्यूल एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।