आवश्यक जानकारी उपलब्ध नगराउँदा एसटीसी अटोको रेटिङ वीथड्रल

0
Shares

रेटिङ एजेन्सी इक्रा नेपालले एसटीसी अटो प्रालिको रेटिङ वीथड्रल गरेको छ । रेटिङका समीक्षाका लागि आवश्यक पर्ने जानकारी नदिएको र सम्पर्क गर्न खोज्दा सम्पर्कमा समेत नआएका कारण एसटीसी मोटर्सको रेटिङ वीथड्रल भएको हो ।

सन् २०१२ मा स्थापना भएको कम्पनी सीइएट टायरको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले यस अघि इक्रा नेपालबाट १ अर्ब बराबरको कर्जाका लागि रेटिङ गराएको थियो । कर्जाको रेटिङ समीक्षा गर्ने अवधि भइसक्दा पनि कम्पनी इक्रानेपालको सम्पर्कमा नआएपछि इक्रानेपालले रेटिङ वीथड्रल गरेको हो ।

यस अघि एजेन्सीले कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’ को सूचीमा सूचीकृत गरी रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको थियो । ६ महिनाको अवधिसम्ममा समेत कम्पनीले कुनै प्रतिक्रिया नजनाएपछि एजेन्सीले क्रेडिट रेटिङ रेगुलेशन, २०११ बमोजिम रेटिङ वीथड्रल गर्छ ।

यसका अतिरिक्त कम्पनीले कर्जा भुक्तानी गरेको र बैंकले समेत नो अक्जेक्सन लेटर जारी गरी पुष्टि गरेको खन्डमा रेटिङ वीथड्रल गर्ने व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।