मुक्तिनाथ विकास बैंकको सञ्चालक श्रेष्ठको राजीनामा स्वीकृत

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालकले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बैंकका सञ्चालक रबिन्द्रमान श्रेष्ठको राजीनामा स्वीकृत भएको हो ।

सञ्चालक श्रेष्ठले दिएको राजीनामा भदौ ३१ गते सम्पन्न सञ्चालक समितिको ३०५ औं बैठकले स्वीकृत गरेको कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिए । श्रेष्ठले व्यक्तिगत कारण दर्शाउँदै सञ्चालक पदबाट राजीनामा दिएका थिए ।

उनी २०७६ मंसिर ३० गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट सर्वसम्मत सञ्चालक पदमा निर्वाचित भई कार्य गर्दै आइरहेको थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।